पूवाञ्चलमा मात्रै तेस्रो मेडिकल कलेज सञ्चालनको तयारी


 


purwanchal

काठमाडौं,भदौ ३० सरकारको निति ‘एक प्रदेश एक मेडिकलकलेज अनुसार पुर्वाञ्चल विशव विद्यालयले मोरङमा मेडकिल कलेज सञ्चालन गर्ने तयारी गरेको छ ।

कोशी अञ्चल अस्पताललाई शिक्षण अस्पतालका रुपमा विकास गरेर मोरङको गोठगाउँमा मेडिकलकलेजको सञ्चालन गर्ने कार्य सञ्चालन भइरहेको छ ।

विश्वविद्यालयका उपकुलपति घनश्यामलाल दासले तत्कालिन कुलपति केपी ओलीले यो कार्यलाई अगाडी बढाउन निर्देशन दिएको र वर्तमान कुलपति पुष्पकमल दाहाल प्रचण्डको पनि यो कार्यलाई साथ रहेको भन्दै यो कार्यलाई आफुहरुले अगाडी बढाइरहेको जानकारी दिए ।

यो सँगै पूर्वाञ्चलमा मात्रै तीनओटा मेडिकलकलेज हुदैछन् ।

प्रकाशित मिति: ३० भाद्र २०७३, बिहिबार

प्रतिक्रिया दिनुहोस्