प्रम दाहालको भारत भ्रमणप्रति ओलीको कडा टिप्पणी


 


Kp sharma oli

काठमाडौं, भदौ ३० प्रमुख प्रतिपक्षदल नेकपा एमालेका अध्यक्ष एवंम पूर्व प्रधानमन्त्री केपी शर्मा ओली प्रधानमन्त्री प्रचण्डको भारत भ्रमण प्रति कडा टिप्पणी गरेका छन् ।

ललितपुरमा आयोजित पार्टी प्रवेश कार्यक्रममा बोल्दै ओलीले सरकार बनेको एक महिना नपुग्दै गइहाल्नुपर्ने कुनै कारण र आवश्यकता नरहेको बताए ।

भारत भ्रमणमा किन जाँदै हुनुहुन्छ ? सिंगडा खान ? अहिले नै भारत नगई नहुने त्यस्तो के चाँही समस्या प¥यो ? भनेर ओलीले प्रचण्डलाई प्रश्न गरेका थिए ।

नयाँ सरकार गठन गर्नेबेला काँग्रेस, माओवादी र मधेशी दलबीच भएको तीन बुँदे सम्झौताले देशको अखण्डतामा आँच पू¥याउने पनि उनको टिप्पणी थियो ।

प्रकाशित मिति: ३० भाद्र २०७३, बिहिबार

प्रतिक्रिया दिनुहोस्