नगर क्षेत्रका सडकमा सौर्यबत्ती


 


solar

चौतारा, ३० भदौ । सिन्धुपाल्चोकको सदरमुकामस्थित चौतारा नगरपालिकाको बजार क्षेत्रमा सडकमा सौर्यबत्ती जडान गरिएको छ ।

राति सडकमा हिँड्ने यात्रुलाई सहज तुल्याउने उद्देश्यले सडकमा सो बत्ती जडान गरिएको हो । स्थानीय टँुडिखेलदेखि मेलचौरसम्मको पाँच किमी क्षेत्रका सडकमा १५ बत्ती जडान गरिएको छ । वैकल्पिक उर्जा प्रबद्र्धन केन्द्र र चौतारा नगरपालिकाको करिब रु १५ लाखको लागतमा बत्ती जडान गरिएको नगरपालिकाको इन्जिनियर बद्रीनारायण भुजेलले जानकारी दिनुभयो ।

त्यसैगरी टुँडिखेलदेखि बसपार्कसम्म दुई किमी क्षेत्रमा सिसिटिभी राखिन कार्यक्रम अनुसार हाल माथिल्लो बजारसम्म १० बत्ती जडान गरिएको छ । जिविस, चौतारा नगरपालिका, उद्योग वाणिज्य सङ्घ र विभिन्न सङ्घसंस्थाको आर्थिक सहयोगमा सिसिटिभी जडान गरिएको हो सिसिटिभी जडान गरिएपछि दुर्घटना र चोरीका घटना पत्ता लगाउन सहयोग पुगेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक रवीन्द्र केसीले बताउनुभयो ।

प्रकाशित मिति: ३० भाद्र २०७३, बिहिबार

प्रतिक्रिया दिनुहोस्