स्याफ्रु–टिमुरे सडक खुल्न १५ दिन लाग्ने


 


syafrubeshi

रसुवा, ३० भदौ । सोमबारदेखि पहिराका कारण अवरुद्ध स्याफ्रु–टिमुरे–रसुवागढी–केरुङ सडक खुलाउने काम आजदेखि सुरु भएको छ ।

रसुवाका सहायक प्रजिअ दीपक केसीका अनुसार लाङटाङ राष्ट्रिय निकुञ्जको सुरक्षामा तैनाथ नेपाली सेना नारायणदल गण र स्याफ्रु–मैलुङ सडक निर्माण गरिरहेको नेपाली सेनाको एक कार्यदलले सडक खुलाउने काम सुरु गरेको हो । गत सोमबार वृद्धिम गाविस–१ लिङ्लिङमा पहिरो जाँदा सडक अवरुद्ध भएको थियो ।
सडक खुलाउन विस्फोटक पदार्थ प्रयोग गर्नुपर्ने भएकाले पहिरामा खसेका ठूलाठूला ढुङ्गा फुटाउन प्वाल बनाउन थालिएको बताइएको छ । पहिरो हटाउन करिब १५ दिन लाग्ने स्याफ्रु–मैलुङ सडक निर्माण कार्यदलले जनाएको छ । सडक अवरुद्ध हुँदा केरुङबाट सामान लिई आएका सयाँै कन्टेनर टिमुरे भन्सार हातामा रोकिएको रसुवा भन्सार कार्यालयले जनाएको छ ।

प्रकाशित मिति: ३० भाद्र २०७३, बिहिबार

प्रतिक्रिया दिनुहोस्