माछापुच्छ्रे बैंकले यी ठाउँमा हात धुने व्यवस्था मिलायो


 


काठमाडौं, चैत्र १०
माछापुच्छ्रे बैंक र महानगरिय प्रहरी कार्यालयको संयुक्त पहलमा हाल विश्वभरका अधिकांश देशमा देखिएको कोरोना भाईरसको संक्रमणबाट बच्नको लागि साबुन पानीले हातधुन अनुरोध गर्दै काठमाणडौँका विभिन्न स्थानमा साबुनपानीको व्यवस्था गरेको छ । माछापुच्छ्रे बैंकले आईतबारदेखि काठमाण्डौँको अत्यन्त भिडभाड हुने स्थान नयाँ बानेश्वर चोकमा ५००० लिटरको पानी ट्याङ्कीतथा साबुन/स्यानिटाईजरको व्यवस्था गरेको हो ।

आइतबार बिहान बानेश्वर चोकमा व्यवस्था गरिएको हातधुने ठाउँको महानगरिय प्रहरी कार्यालय रानीपोखरी काठमाण्डौका प्रमुख प्रहरी नायव महानिरिक्षक विश्वराज पोखरेल तथा माछापुच्छ्रे बैंकका निमित्त प्रमुख कार्यकारी अधिृकत सन्तोष कोइरालाले संयुक्त रुपमा उद्घाटन गर्नुभएको थियो । अत्याबश्यक कामका लागि बाहिर निस्किने आम नागरिकको स्वास्थ्यलाई ध्यानमा राख्दै बैंकले बानेश्वर चोक लगायत काठमाण्डौ तथा भक्तपुरका अत्यन्त भिडभाड हुने प्रमुख १६ स्थानहरुमा हातधुने ठाउँको व्यवस्था गरेको हो ।

विश्वका अधिकांश देशमा महामारीको रुपमा देखा परेको कोरोना भाइृसरको संक्रमणबाट बच्नको लागि साबुनपानीले हातधुनु अनिबार्य रहेको तथा काम बिशेषले बाहिर निस्किने नागरिकको लागि सबै सार्बजनिक स्थानमा हातधुन सम्भब नहुने हुदाँ बैंक तथा महानगरिय प्रहरी कार्यालयले आमनागरिरको स्वास्थ्यलाई ध्यानमा राख्दै उक्त व्यवस्था गरेको हो ।

बैंकिङ्ग क्षेत्र अत्याबश्यक क्षेत्र अन्र्तगत पर्ने भएको हुँनाले माछापुच्छ्रे बैंकले आफ्नो मुख्य कार्यालय लगायत सम्पूर्ण शाखा कार्यालयहरुमा ग्राहकहरुको स्वास्थ्यलाई मध्यनजर गर्दै पर्याप्त स्यानिटाईजरको व्यवस्था गरेको छ । बैंकले अत्याबश्यक बाहेककाअन्य कामको लागि सकेसम्म बाहिर ननिस्किनआग्रह गर्र्दै बैंकिङ्ग कारोबारका लागि बैंकले प्रदान गर्दै आइरहेका बिभिन्न डिजिटल भुक्तानीका माध्यमहरुको उपयोग गर्न सबैंमाआग्रह गरेको छ । साथै बैंकले प्रदान गर्दै आइरहेका डिजिटल भुक्तानीका माध्यमहरुबाट कारोबार गर्दा कुनै पनि शुल्क नलाग्ने हुदाँ नगद कारोबारलाई कम गरिदिनुहुन समेत सम्पूर्ण ग्राहक महानुभावहरुमाआग्रह गरेको छ ।

प्रकाशित मिति: १० चैत्र २०७६, सोमबार

प्रतिक्रिया दिनुहोस्