उपभोक्ता स्वस्थ्य पानी पिउनबाट वञ्चित


 


fohor-pani

वीरगन्ज, भदौ ३१ नेपाल खानेपानी संस्थान पर्साले वितरण गरेको खानेपानी पाइप करिब ५० वर्ष पुरानो तथा जीर्ण भएकाले उपभोक्ता स्वस्थ्य खानेपानी पिउनबाट वञ्चित भएका छन् ।

जमिनमुनि रहेका ती पाइप पुरानो तथा जीर्ण भएकाले ठाउँठाउँमा चर्किएको, फुटेका तथा खिया लागेकाले पानीसँगै लेदो र किराहरु आउन थालेपछि उपभोक्ताको स्वास्थ्यमा नकारात्मक असर पर्ने गरेको उपभोक्ताको गुनासो छ ।

सार्वजनिक तथा निजी गरी बीरगन्जमा सात हजार ५०० धारा संस्थानले बितरण गरेका छन् । ती मध्ये अधिकांश धारा बिग्रेको भत्केको हुनाले प्रत्येक महिना एक लाख ८० हजार लिटर पानी चुहावट हुने गरेको प्रमुख चण्डेश्वर साहले बताउनुभयो । वीरगन्ज उपमहानगरपालिकाको जिम्मामा रहेको २२ वटा सार्वजनिक धारको संरक्षण हुन नसक्दा करिब ३० प्रतिशत पानी चुहावट हुने गरेको छ ।

पानीको खपत गरेबापत ग्राहकले समयमा महसुल बुझाउन नसक्दा संस्थानले सात करोड ३७ लाख रुपैयाँ उठाउन नसकेको हो । संस्थानले अघिल्लो वर्ष एक करोड ६८ लाख राजस्व उठाउन सके पनि बक्यौता रकम भने उठाउन नसकेको हो । पर्याप्त बजेट तथा जनशक्तिको अभावका कारण संस्थानले जमिनमुनि पाइप फेर्न नसक्दा उपभोक्ता स्वस्थ तथा सफा पानी खान नसकेको बताइएको छ ।

प्रकाशित मिति: ३१ भाद्र २०७३, शुक्रबार

प्रतिक्रिया दिनुहोस्