चैत मसान्तसम्म कर्जा असुली स्थगन गर्न अर्थको निर्देशन


 


काठमाडौं, चैत्र १२
अर्थ मन्त्रालयले बैंक तथा वित्तीय संस्था र गैरबैंकिङ वित्तीय संस्थालाई चैत मसान्तसम्म कर्जा असुली स्थगन गर्न निर्देशन दिएको छ।

यो संगै व्यवसायीहरुले बैंक तथा बित्तीय संस्थाबाट लिएको ऋणको चैत महिनाको व्याज तिर्नु नपर्ने भएको छ । कोरोना भाइरस प्रभावित व्यवसायीहरुले चैत मसान्तसम्म कर्जाको सावा तथा ब्याज भुक्तानी गर्नु नपर्ने अर्थ मन्त्रालयको भनाइ छ ।

तर.कुन कुन व्यवाय तथा क्षेत्र कोरोना प्रभावित भन्ने खुलाइएको छैन। अर्थले बैंक तथा वित्तीय संस्थाले ऋण प्रवाह कार्यलाई सहज बनाउन, पुनर्कर्जा कोषको उपयोग गर्न पनि आग्रह गरेको छ।

अर्थले राष्ट्र बैंकलाई निर्देशन दिदै चैत महिनाको साँवा रकम तिर्न ताकेता नगर्न बैंकहरुलाई निर्देशन दिन पनि भनेको छ ।

प्रकाशित मिति: १२ चैत्र २०७६, बुधबार

प्रतिक्रिया दिनुहोस्