साउदीमा अलपत्र ७ जनाको प्रहरीबाट उद्धार


 


काठमाडौं, भदौ ३१

कर्णाली मेनपावर बाँकेको नेपालगंजबाट साउदीको हसा इल दोस्सरी फ्रम साउदीमा राम्रो कामको प्रलोभनमा पठाएका ७ जना अलपत्र परेपछि प्रहरीले उद्धार गरेको छ ।  बर्दियाका २५ वर्षीय देवबहादुर कंडेल, मुगुका ३५ वर्षीय रनबहादुर रोकाया, बाँकेका ३३ वर्षीय मोहमद आरुन खान र २५ वर्षीय निसार खान, बर्दियाका २८ वर्षीय खगेन्द्रनाथ योगी, बाँकेका २३ वर्षी लिलबहादुर रोक्का मगर र बाँकेकै २९ वर्षीय मोहमद सबिर खानको महानगरीय प्रहरी अपराध महाशाखाले उद्धार गरेर नेपाल ल्याएको हो ।

कर्णाली मेनपावर कम्पनीले गरेको सम्झौता अनुसारको काम र तलव नपाएको, तलब माग्दा पटक पटक कम्पनिका मानिसबाट कुटाई खानु परेको र काम पनि नदिएको भन्दै अलपत्र परेका युवाले प्रहरीमा टेलिफोन उजुरी दिएका थिए ।  महाशाखाको विशेष पहलमा साउदी स्थित नेपाली दुतावास तथा अन्य सम्बन्धित सरोकारवाला निकायसँग समन्वय गर्दै पीडितहरुलाई नेपाल ल्याउन सफल भएको प्रहरीले जनाएको छ । साउदी लगेर अलपत्र पार्ने कर्णाली मेनपावरमाथि अनुसन्धान भइरहेको छ ।

प्रकाशित मिति: ३१ भाद्र २०७३, शुक्रबार

प्रतिक्रिया दिनुहोस्