कोरोनासङ्ग लड्न सरकारलाई सहयोग गर्ने सन्दीपको घोषणा


 



काठमाडौं, चैत १४
नेपाली युवा क्रिकेटर सन्दीप लामिछानेले कोरोना राहत कोषमा १ लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेका छन् । उनले बिहीबार राती फेसबुक मार्फत विश्व महामारी कोरोना भाइरस (कोभिड–१९) सँग लड्न सरकारलाई सहयोग गर्ने घोषणा गरेका हुन्।

सरकारले कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण र उपचारका लागि रहत कोष स्थापना गरेको छ।

‘नेपाल सरकारको कोभिड–१९ राहत कोषमा १ लाख रुपैयाँ सहयोग गर्न पाउँदा खुसी लाखेको छ’, सन्दीपले फेसबुकमा लेखेका छन्, ‘सामाजिक दूरीको यस घडीमा साथ र सहयोग आवश्यक भएकाहरूलाई नबिर्सौँ।’

सन्दीपले सबैलाई सुरक्षित रहन पनि आग्रह गरेका छन्। चीनको वुहानबाट फैलिएको कोरोना संक्रमण सोमबार १ जना युवतीमा पुष्टि भएपछि सरकारले मंगलबारदेखि ‘लकडाउन’ घोषणा गरेको छ।

प्रकाशित मिति: १४ चैत्र २०७६, शुक्रबार

प्रतिक्रिया दिनुहोस्