Deshko News
१४ आश्विन २०८०, आइतबार

स्थानीय निकायको निर्वाचन हुनेमा पत्यार छैन : रावल



bhim-bdr-rawal

कञ्चनपुर, भदौ ३१ नेकपा (एमाले)का केन्द्रीय उपाध्यक्ष भीमबहादुर रावलले समयमै स्थानीय निकायको चुनाव हुनेमा पत्यार नलागेको बताउनुभएको छ ।

झलारीमा नेपाल राष्ट्रिय वाणिज्य सङ्घको नगरस्तरीय सङ्गठनको प्रथम अधिवेशनको आज उद्घाटन गर्दै उहाँले चैतमै सरकारको म्याद सकिने भएकाले चुनाव हुनेमा आशङ्का रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “चैतमै म्याद सकिने म्यादे सरकारले चुनाव गराउन सक्दैन ।” संविधानमा जनताको अधिकारको प्रत्याभूत गरिएकाले यसलाई कार्यान्वयन गराउनका लागि सबैले लाग्नुपर्ने उहाँले बताउनुभयो ।

नागरिक समृद्ध नहँुदासम्म देश विकास सम्भव नहुने भएकाले स्वदेशी वस्तुको प्रयोगमा जोड दिनुपर्ने उहाँले उल्लेख गर्नुभयो । वर्षौंदेखि मिलेर बसेका पहाडी र थारु समुदायबीच विखण्डन ल्याएर सुरक्षाकर्मीमाथि साङ्घातिक हमला गरी कैलालीको टीकापुर घटना गराउनेमाथि कारबाही गरिनुपर्ने धारणा उहाँले व्यक्त गर्नुभयो ।

प्रकाशित मिति: ३१ भाद्र २०७३, शुक्रबार

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News