गणेश, कुमारी र भैरवको रथ यात्रा


 


rathyatraaaaaaa

काठमाडौँ,  भदौ ३१ इन्द्रजात्राका अवसरमा स्थानीय वसन्तपुर तथा त्यस आसपास क्षेत्रमा आज गणेश, कुमारी र भैरवको रथ यात्रा गरिएको छ ।

प्रत्येक वर्ष भाद्रशुक्ल पूर्णिमाका दिन त्यस क्षेत्रमा रथ यात्रा गरिन्छ । रथसँगै विभिन्न लाखेलाई समेत आज नचाइएकोे छ । भाद्रशुक्ल द्वितीयाका दिन हनुमानढोकमा इन्द्रध्वजा फहराइएपछि एक सातासम्म जारी रहने इन्द्रजात्रामा अघिल्लो दिनदेखि गणेश, कुमारी र भैरवको रथयात्रा सुरु भएको हो । अघिल्लो दिन तल्लो तथा आज माथिल्लो टोलमा रथ यात्रा गरिएको हो ।

किंवदन्ती अनुसार इन्द्रले आफ्नी माता वसुन्धराको व्रतका लागि पारिजातको फूल टिप्न काठमाडौँ उपत्यकामा आएको र फूल चोरी गरेको अभियोगमा त्यस क्षेत्रका बासिन्दाले सजायस्वरुप उनलाई समातेर बाँधेका थिए । स्थानीयवासीले समातिएका ती व्यक्ति देवराज इन्द्र हुन् भनी थाहा भएपछि उनलाई छाडेर वर्षमा एक पटक इन्द्रजात्रा गर्ने प्रचलन सुरु भएको विश्वास छ । विभिन्न टोलमा पुलु किसी तथा ताना किसी नाच गरिएका छन् ।
सम्पदा निर्माणका लागि महायज्ञ

म्हय्पी संरक्षण तथा व्यवस्थापन समितिले असोज १२ देखि २० गतेसम्म ‘श्रीमद्भागवत महापुराण सप्ताह पितृमोक्ष विश्व शान्ति महायज्ञ’ गर्ने भएको छ ।

गत वर्षको भूकम्पमा परी क्षति भएका सम्पदा तथा संरचनाको पुनःनिर्माणमा सहयोग पु¥याउने लक्ष्य सहित सो महायज्ञ गर्न लागिएको हो । यहाँ आज आयोजित पत्रकार सम्मेलनमा समितिका अध्यक्ष कृष्णनारायण श्रेष्ठले महायज्ञबाट सङ्कलित रकम भूकम्पबाट प्रभावित काठमाडौँका संरचना पुनःनिर्माणमा खर्च गरिने जानकारी दिनुभयो ।

पं दीपकप्रसाद पौडेलले सङ्गीतमय कथावाचन गर्ने महायज्ञमा देव लीला, सांस्कृतिक कार्यक्रम, जनचेतनामूलक नाटक प्रस्तुति पनि रहने छ ।

प्रकाशित मिति: ३१ भाद्र २०७३, शुक्रबार

प्रतिक्रिया दिनुहोस्