एनआईसी बैंकको अफर : अनलाईनबाट सामान खरिद गर्दा १० प्रतिशत रकम फिर्ता


 


काठमाडौं, चैत्र १५
एनआईसी एशिया बैंकले ग्राहकहरुलाई मेरो किराना अनलाईनबाट सामान खरिद गर्दा १० प्रतिशतसम्म रकम फिर्ता दिने भएको छ ।

बैकले कोरोना भाइरसका कारण सृजित बिषम परिस्थितिमा ग्राहकहरुलाई सहजरुपमा बैंकिङ्ग कारोबार उपलब्ध गराउनका लागि बैंक र मेरो किरानाबीच उक्त साझेदारी भएको जनाएको हो ।

मेरो किरानाबाट अनलाईन सामान खरिद गरी रकम भुक्तानी गर्दा १० प्रतिशत वा प्रति कारोबार ५०० रुपैयाँसम्म र बढीमा एक हजार रुपैयाँसम्म रकम फिर्ता पाउन सकिने छ ।

विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको जोखिमबाट जोगिन सरकारले भिडभाड कम गर्न आह्वान गरिरहेको अवस्थामा डिजिटल बैंकिङ्ग प्रयोग गरी घरबाटै सामान खरिद गर्ने प्रोत्साहन गर्न यस्तो सुविधा ल्याइएको हो । यो योजना चैत मसान्तसम्म लागु हुनेछ ।

बैंकलाई आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंकप्रतिको भरोसाले गर्दा यस बैंकको २१ लाख भन्दा बढी ग्राहक महानुभावहरूका साथ सञ्चालनमा रहेको यस बैंकका प्रमुख वित्तीय परिसूचकहरु अत्यन्त उत्साहप्रद रहेका छन् ।

प्रकाशित मिति: १५ चैत्र २०७६, शनिबार

प्रतिक्रिया दिनुहोस्