मधेसी मोर्चाले प्रधानमन्त्रीलाई अमेरिका जान राेक्लान ?


 


काठमाडाैं, असाेज १

संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले प्रधानमन्त्री प्रचण्डलाई अमेरिका भ्रमणमा जान नदिनका लागि दवाब दिने भएको छ । भारत भ्रमणबाट फर्किएलगत्तै अमेरिका भ्रमणमा जाने तयारीमा रहेका प्रधानमन्त्री प्रचण्डलाई अमेरिका भ्रमणमा जान नदिनका लागि संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले दवाव दिन लागेको हो ।

असोज २ गते भारत भ्रमणबाट फर्किएलगत्तै मोर्चाले देशभित्रको समस्या समाधान गर्नका लागि अमेरिका भ्रमण स्थगित गर्न दवाव दिने भएको बताईएको छ । भारत भ्रमणअघि नै संविधान संशोधनको प्रक्रिया अगाडि बढाउने आश्वासन दिएका प्रधानमन्त्री प्रचण्डले भारतबाट फर्किएलगत्तै प्रक्रिया अगाडि बढाउने आश्वासन दिएका थिए

प्रकाशित मिति: १ आश्विन २०७३, शनिबार

प्रतिक्रिया दिनुहोस्