आकस्मिक स्वास्थ्य सेवा नरोक्न अस्पताललाई निर्देशन


 


काठमाडाैँ, चैत्र १९
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले निजी, सार्वजनिक तथा सरकारी अस्पताललाई आकस्मिक स्वास्थ्य सेवा नरोक्न निर्देशन दिएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मङ्गलबार आयोजना गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका स्वास्थ्य विज्ञ सल्लाहकार डा. खेम कार्कीले सरकारी, निजी तथा सामुदायिक अस्पताललाई आकस्मिक सेवा दिई बिरामीको उपचार गर्न निर्देशन दिए । उनले औषधि उपचार गर्न निर्देशन दिनुभएको हो। कोरोना भाइरसको शङ्कामा अस्पतालले बिरामी फर्काइरहेको बेला यस्तो निर्देशन दिइएको हो ।

उनले अस्पतालमा उच्च ज्वरोका बिरामी जाँदा उपचार नगरेर मृत्यु भएको भन्ने समाचार बाहिर आएकाले ज्वरो लगायतका समस्या लिएर आउने बिरामीलाई उपचार गर्न निर्देशन दिए । डा. कार्कीले अस्पतालले ज्वरोका बिरामीलाई कोरोनाको आशङ्कामा उपचार नगरेको भन्ने खबर आएको छ । आशङ्काको भरमा बिरामीको उपचार नगर्दा विभिन्न रोगबाट पीडित बिरामीको मृत्यु हुने सम्भावना हुन्छ भने । उनले अस्पताललाई चाहिने आवश्यक व्यक्तिगत सुरक्षा सामग्री (पीपीई) उपलब्ध गराएका छौँ, त्यसैले ज्वरोको बिरामीको स्वास्थ्य परीक्षण नगरी मर्ने स्थितिमा नपुर्‍याउनुहोस् भने ।

यसैगरी मन्त्रालयका प्रवक्ता डा. देवकोटाले कोरोना भाइरसबाट सङ्क्रमण भएका परिवार, साथीको निगरानी गरिएको जानकारी गराए । उनका अनुसार सङ्क्रमित दुई जनाको कन्ट्रयाक ट्रेसिङ सकिएको र अन्य दुई जनाको पनि ८० प्रतिशत गरिएको छ । उनले मन्त्रालयले मङ्गलबारदेखि नै कोरोनाको नमुना परीक्षण पोखरामा शुरू गरिएको जानकारी दिए । उनले धनगढी, जनकपुर, बुटवल र सुर्खेतमा पनि नमुना परीक्षणका लागि मेसिन पठाइएको जानकारी दिए । हेटौँडामा भने पहिले नै मेसिन रहेकाले रिएजेन्ट मात्र पठाइएको छ ।

यसैबीच विज्ञ सल्लाहकार डा. खेम कार्कीले विभिन्न स्थानमा कोरोना भाइरसको परीक्षण गर्ने गरेको भन्दै त्यसले समाजलाई असर पार्ने बताए । उनले र्‍यापिड टेस्ट गर्ने क्रम बढेको भन्दै विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ) को मान्यता अनुसार मात्र परीक्षण गर्नुपर्ने बताए ।

प्रकाशित मिति: १९ चैत्र २०७६, बुधबार

प्रतिक्रिया दिनुहोस्