नेपालको वैदेशिक व्यापार चौपट हुने संकेत



काठमाडौं, बैशाख ७

कोरोना कहरले नेपालको वैदेशिक व्यापार चौपट हुने संकेत देखिन थालेका छन् ।

अहिले नै नेपालको वैदेशिक व्यापार आधाभन्दा बढीले घटेको छ । खासगरी आयातमा भएको संकुचनले समग्र वैदेशिक व्यापार प्रभावित भएको अर्थ मन्त्रालय, भन्सार विभागले जानकारी दिएको छ ।

विभागको तथ्यांक अनुसार चालु आर्थिक वर्षको ९ महिना साउन–चैतको अवधिमा नेपालको समग्र वैदेशिक व्यापार १० खर्ब ६१ अर्ब ३५ करोड रुपैयाँ बराबरको पुगेको छ । चैत महिनामा मात्र कूल ६२ अर्ब २० करोड २९ लाख रुपैयाँ बराबरको वैदेशिक व्यापार भएको छ । तर, फागुन महिनामा भने वैदेशिक व्यापार १ खर्ब ३० अर्ब ५७ करोड रुपैयाँ बराबरको भएको थियो ।
यसको मतलव समग्र वैदेशिक व्यापारमा आधा भन्दा बढीको गिरावट आइसकेको छ । कोरोनाका कारण समग्र वैदशिक व्यापार अघिल्लो वर्षको तुलनामा समेत कम भएको छ । तथ्यांकअनुसार चालु आवमा गत वर्षको यसै अवधिको तुलनामा समग्र वैदेशिक व्यापार ६।१९ प्रतिशतले कम भएको छ । गत आव २०७५र७६ मा ९ महिनाको अवधिमा कूल वैदेशिक व्यापार ११ खर्ब ३१ अर्ब ४३ करोड बराबरको थियो ।

नेपालमा ४ चैतबाट अन्तराष्ट्रिय उडान(अवतरणमा रोक लगाएको थियो । त्यसपछि हवाईमार्गमार्फत हुने व्यापार बन्द भएको छ । निर्यात बजारको ठूलो हिस्सा हवाई कार्गो उडानमा निर्भर रहेको छ ।

११ चैतयता सरकारले लकडाउन घोषणा गरेपछि दक्षिणतर्फको सीमा नाकाबाट भइरहेको नियमित आयात(निर्यात प्रभावित भएको छ । यसअविधमा अत्यावश्वक वस्तुको आयात मात्र भएको छ ।

सरकारले पनि औषधीजन्य सामग्रीको आयातलाई प्राथमिकता दिएको छ । उत्तरतर्फको रसुवागढी नाका बन्द भएको करीव ३ महिना पुग्न लागिसकेको छ । जसले गर्दा पनि वैदेशिक व्यापारमा उच्च गिरावट आएको विभागको विश्लेषण रहेको छ ।

सरकारले १६ चैतबाट लागु हुने गरी महंगा गाडीको आयात रोकेको छ । यसबाहेक अन्य केही वस्तुको आयातमा समेत रोक लागेपछि वैदेशिक व्यापारमा संकुचन देखिएको हो ।

चालु आवको ९ महिनासम्म आइपुग्दा यस वर्ष पहिलो महिनादेखि निरन्तर देखिएकै प्रवृत्ति दोहोरिएको छ । वैदेशिक व्यापार केही सन्तुलनमा आउँदा आयातमा उच्च गिरावट आएको छ भने निर्यात व्यापार सुधारोन्मुख रहेको छ । विभागका अनुसार चालु आवको ९ महिनामा ९ खर्ब ८२ अर्ब ५३ करोड रुपैयाँ बराबरको आयात भएको छ ।

यो आयात अघिल्लो आवको सोही अवधिको तुलनामा ७।४५ प्रतिशतले कम हो । आव २०७५र७६ को पहिलो आवमा १० खर्ब ६१ अर्ब ६१ करोड रुपैयाँ बराबरको आयात भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2021 Deshko News