झापामा थपिए एक जना संक्रमित


 


झापा, बैशाख १४

झापामा फेरि एकजना कोरोना संक्रमित फेला परेका छन् । आइतबार विराटनगरको कोशी अञ्चल अस्पतालमा गरिएको परीक्षणमा एक पुरुषमा कोरोना पुष्टि भएको छ । यसअघि झापामा अर्का एकजनालाई संक्रमण पुष्टि भएको थियो ।

स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले जारी गरेको विज्ञप्तिका अनुसार झापाका एक ५० वर्षीय पुरुषमा संक्रमण देखिएको हो । उनी अस्पतालको सम्पर्कमा रहेको र स्वस्थ रहेको विज्ञप्तिमा जनाइएको छ ।

यसका साथै नेपालमा कोरोना संक्रमितको संख्या ५२ पुगेको छ । आइतबार नै वीरगन्जका दुईजना पुरुषमा पनि संक्रमण पुष्टि भएको थियो । १६ जना संक्रमित भने निको भएर घर फर्किएका छन् ।

प्रकाशित मिति: १४ बैशाख २०७७, आइतबार

प्रतिक्रिया दिनुहोस्