डिभिजन वन कार्यालय नुवाकोटका प्रमुख १ लाख घुससहित पक्राउ


 



नुवाकोट, वैशाख २७
डिभिजन वन कार्यालय नुवाकोटका प्रमुख जयमंगल प्रसाद १ लाख घुस रकमसहित पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको काठमाडौं ट‌ंगालको टोलीले डिभिजन वन प्रमुख प्रसादलाई कार्यालय परिसरबाटै १ लाख रुपैयाँ घुससहित पक्राउ गरेको हो ।

जिल्लाको सूर्यगढी गाउँपालिका-५ नयाँपुलमा रहेको ढुंगाखानी सञ्चालनका लागि सेवाग्राहीसँग लिएको घुससहित प्रसादलाई पक्राउ गरिएको अख्तियार स्रोतले जानकारी दिएको छ ।

नुवाकोटबाट पक्राउ परेका प्रसादलाई आवश्यक कारवाहीका लागि काठमाडौंँ लगिएको वन कार्यालयका सूचना अधिकारी लोकनाथ न्यौपानेले जानकारी दिए।

प्रकाशित मिति: २७ बैशाख २०७७, शनिबार

प्रतिक्रिया दिनुहोस्