धनगढी उपमहानगरपालिकामा अख्तियारद्वारा छापा, खरिद प्रक्रियामा अनियमितताको आशंका


 



धनगढी, जेठ १
अख्तियार दुरुपयोग अनुसन्धान आयोग महेन्द्रनगरको टोलीले धनगढी उपमहानगरपालिकामा छापा हानेको छ । टोलीले आज दिउँसो उपमहानगरपालिकामा छापा मारेर खरिद प्रक्रियाका सबै कागजात नियन्त्रणमा लिएको हो ।

खरिद प्रक्रियाको अनियमितताबारे छानविन गर्न कागजात नियन्त्रणमा लिएको अख्तियारका प्रवक्ता टोपबहादुर विष्टले जानकारी दिए । धनगढी उपमहानगरपालिकाले दुई करोड ६१ लाख रुपैयाँमा राहत सामाग्री खरिद गरेको थियो ।

धनगढीकै ठाकुर ट्रेड लिंकमार्फत खरिद गरेको चामल कुहिएको फेला परेको थियो । चामल आपूर्ति गरेर वितरण गरिएको चामल कुहिएको भेटिएपछि स्थानीयले चामल फिर्ता गरेका थिए ।

प्रकाशित मिति: १ जेष्ठ २०७७, बिहिबार

प्रतिक्रिया दिनुहोस्