भत्ता लिन लाइनमा लागेका वृद्धको मृत्यु


 



धादिङ्ग, जेठ १०
धादिङको गङ्गाजमुना गाउँपालिकामा सामाजिक सुरक्षा भत्ता लिन बैंक गएका एक वृद्धको मृत्यु भएको छ ।

गंगाजमुना गाउँपालिका–४ ठकुरीडाँडाका ८३ वर्षीय रामबहादुर गुरुङको लाइनमा रहेका बेला बेहोस भएर मृत्यु भएको हो । उनी घरबाट तीन घण्टा टाढाको फुलखर्कस्थित एसबीआई बैंकमा लाइन बसेका बेला बेहोस भएर ढलेका थिए ।

दमका बिरामी रहेका वृद्धलाई उपचारका लागि लैजाँदै गर्दा मृत्यु भएको गाउँपालिकाका स्वास्थ्य संयोजक दीपक अधिकारीले बताए ।

प्रकाशित मिति: १० जेष्ठ २०७७, शनिबार

प्रतिक्रिया दिनुहोस्