कोरोना संक्रमणबाट ३ लाख ४० हजार बढीको मृत्यु


 



काठमाडौं, जेठ ११
विश्वभर कोरोना संक्रमणबाट ३ लाख ४० हजार ८ सय ७५ जनाको कोरोना संक्रमणपछि मृत्यु भएको छ। हालसम्म विश्वभर ५२ लाख ८८ हजार ३ सय ९२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

जोन हप्किन्स विश्वविद्यालयले प्रकाशित गरेको आइतबार बिहानसम्मको तथ्यांक अनुसार अमेरिकामा सर्वाधिक आइतबार बिहानसम्म त्यहाँ ९७ हजार ४८ जनाको मृत्यु भएको छ। १६ लाख २१ हजार ६ सय ५८ जनामा संक्रमण पुष्टि भएका छन्।

त्यस्तै, बेलायतमा ३६ हजार ७ सय ५७, इटालीमा ३२ हजार ७ सय ३५, स्पेनमा २८ हजार ६ सय ७८ फ्रान्समा २८ हजार २ सय १८, ब्राजिलमा २१ हजार ४८ जनाको मृत्यु भएको छ।

विश्वभर २१ लाख २ हजार ५ सय ५७ जना कोरोना संक्रमित अहिले  संक्रमणमुक्त भएका छन्। संक्रमणमुक्त हुनेहरुमध्ये अमेरिकामा ३ लाख ६१ हजार २ सय ३९, जर्मनीमा १ लाख ५९ हजार ७ सय १६, स्पेनमा १ लाख ५० हजार ३ सय ७६, इटालीमा १ लाख ३८ हजार ८ सय ४०, ब्राजिलमा १ लाख ३५ हजार ४ सय ३० जना संक्रमणमुक्त भएका छन्।

नेपालमा भने ५ सय ८४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। तीमध्ये ८९ जना संक्रमणमुक्त भइसकेका छन्। साथै, ३ जनाको मृत्यु भइसकेको छ।

प्रकाशित मिति: ११ जेष्ठ २०७७, आइतबार

प्रतिक्रिया दिनुहोस्