९ महिनामा ३३ करोड बढीका थर्मोमिटर आयात


 



काठमाडौं, जेठ १९
थर्मोमिटर चिकित्सा सामग्रीमा अति महत्त्वपूर्ण उपकरणको रूपमा रहेको छ । त्यसैले चालू अवस्थामा अस्पतालहरूमा थर्मोमिटरको जगेडा पर्याप्त मात्रामा हुनु जरुरी हुन्छ ।

सामान्य अवस्थामा त थर्मोमिटरको उपलब्धता निश्चित तहभन्दा मुनि जान दिनु हुँदैन भन्ने मान्यता रहेको छ भने वर्तमान संकटको पृष्ठभूमिमा थर्मोमिटरको मौज्दात कायम राख्नु सबैको कर्तव्य हुुन आउँछ ।

भन्सार विभागको वेबसाइटमा प्रकाशित तथ्यांक अनुसार चालू आर्थिक वर्षको प्रथम ९ महीनामा रू. ३३ करोड २८ लाख बराबरका थर्मोमिटर आयात भएको पाइन्छ । गत आर्थिक वर्षमा भने रू. ७ करोड ८२ लाख बराबरका यस्ता वस्तु आयात भएको थियो । आर्थिक वर्ष २०१७/१८ मा यी उपकरणको आयात रू. १० करोड ५२ लाख थियो । अभियान दैनिक

प्रकाशित मिति: १८ जेष्ठ २०७७, आइतबार

प्रतिक्रिया दिनुहोस्