कोरोनाले विश्वभर ३ लाख ७३ हजारको मृत्यु, ६२ लाख ६२ हजार संक्रमित


 


काठमाडौं, जेठ १९
कोरोना भाइरसको महामारीले एकैदिन अरू ३ हजार १८२ जनाको मृत्यु हुँदा ज्यान गुमाउनेको संख्या ३ लाख ७३ हजार ६८८ पुगेको छ । कोरोना भाइरसकै संक्रमणबाट युरोपियन मुलुकहरुमा सोमबार विहान सम्म १ लाख ७३ हजार ७२६ जनाको मृत्यु भएको छ ।

२० लाख १९ हजार ७८१ जना संक्रमित भएकोमा ९ लाख ८७ हजार ८० जना संक्रमणमुक्त भएका छन् ।

उत्तर अमेरिकी मुलुकहरुमा १ लाख २४ हजार ८८५ जनाको मृत्यु भएको छ । संक्रमितको संख्या २० लाख ६९ हजार ९३२ पुगेको छ । त्यसमध्ये ६ लाख ७८ हजार ६०१ जना संक्रमणमुक्त भएका छन् ।

यस्तै एसियाली मुलुकहरुमा ३० हजार ७७७ जनाको मृत्यु भएको छ । ११ लाख ३६ हजार ८१६ जना संक्रमित भएकोमा ६ लाख ९४ हजार ८६६ जना संक्रमणमुक्त भएका छन् ।

दक्षिण अमेरिकी मुलुकहरुमा ४० हजार ८१ जनाको मृत्यु भएको छ । ८ लाख ७७ हजार ९४४ जना संक्रमित भएकोमा ३ लाख ५२ हजार ६०६ जना संक्रमणमुक्त भएका छन् ।

अफ्रिकी मुलुकहरुमा ४ हजार २४५ जनाको ज्यान गएको छ भने १ लाख ४८ हजार ७७३ जना संक्रमित छन् । संक्रमितमध्ये ६३ हजार ४६३ जना संक्रमणमुक्त भएका छन् ।

त्यस्तै अष्ट्रेलियासहित ओसिनियाका मुलुकहरुमा १२५ जनाको मृत्यु भएको छ । ८ हजार ८०४ जना संक्रमित भएकोमा ८ हजार १९६ जना संक्रमणमुक्त भएका छन् ।

कोरोना भाइरसको महामारीले विश्वभर ६२ लाख ६२ हजारभन्दा बढी संक्रमित भएका छन् । विश्वका २१३ मुलुक र २ पानीजहाजमा गरि ६२ लाख ६२ हजार ७७० जना संक्रमित भएका छन्।

पछिल्लो २४ घण्टामा १ लाख ८ हजार ४८१ जना नयाँ संक्रमित थपिएका छन् । यस्तै एकैदिन अरू ३ हजार १८२ जनाको मृत्यु हुँदा ज्यान गुमाउनेको संख्या ३ लाख ७३ हजार ६८८ पुगेको छ । ३० लाख ४२ हजार ४१० जनाको उपचार भइरहेकोमा ५३ हजार ४०९ जनाको अवस्था गम्भीर छ भने २८ लाख ४६ हजार ५०६ जना संक्रमणमुक्त भएका छन् ।

प्रकाशित मिति: १९ जेष्ठ २०७७, सोमबार

प्रतिक्रिया दिनुहोस्