विश्व बैंकले नेपाललाई १२ अर्ब ऋण दिँदै


 



काठमाडौं, जेठ २२
विश्व बैंकले नेपाललाई १० करोड अमेरिकी डलर (१२ अर्ब रुपैयाँ) ऋण दिने भएको छ । बैंकले नेपालको विद्युत् क्षेत्रको सुधार तथा कोरोना संकटसँग जुध्न भन्दै ऋण दिने भएको हो ।

यो रकम नेपाल विद्युत् प्राधिकरणलाई वित्तीय रूपमा सबल बनाउन प्रयोग हुने विश्व बैंकका कार्यकारी निर्देशकहरूको बोर्डले जनाएको छ ।

नेपालका लागि विकास नीति कर्जा (डिपिसी) शीर्षकमा यो ऋण स्वीकृत गरेको विश्व बैंक नेपालका प्रबन्धक फारिस हदाद जर्भोसले बताए । ‘नेपालको विद्युत् क्षेत्रको सबलीकरणका लागि निरन्तर सुधार अहिलेको संकट तथा संकटपछिको पुनरुत्थानलाई पनि अत्यन्तै महत्वपूर्ण हो,’ उनले भने ।

कोभिड–१९ का कारण विद्युत् क्षेत्रमा निकै ठूलो असर परेको छ । खासगरी यो महामारीका कारण विद्युत्को माग घटेको छ, प्राधिकरणको नगद प्रवाहमा समस्या भएको छ, त्यस्तै निर्माणका कामहरू रोकिएका छन् ।

प्रकाशित मिति: २२ जेष्ठ २०७७, बिहिबार

प्रतिक्रिया दिनुहोस्