कैलालीमा विहान ११ बजेसम्म बजार खुल्ने


 



धनगढी, जेठ २२
कैलालीमा विहान ११ बजेसम्म व्यापार व्यवसाय खुला गरिने भएको छ । कैलाली उद्योग वाणिज्य संघ, जिल्ला प्रशासन कार्यालय र स्थानीय तहबीच अबदेखि निश्चित समयमा व्यापार व्यवसाय सञ्चालन गर्ने सहमति भएको हो।

विहान ११ बजे सम्म व्यवसाय सञ्चालनका लागि मौखिक सहमती भएको उद्योग वाणिज्य संघ कैलालीका अध्यक्ष पुष्पराज कुँवरले जानकारी दिए । उनले संघीय सरकारबाट कुनै निर्देशन नआएको हुँदा मौखिक सहमतिअनुसार व्यापार व्यवसाय खोल्ने सहमति भएको बताए ।

छलफलमा कैलालीका प्रमुख जिल्ला अधिकारीसहित सुरक्षा निकाय प्रतिनिधिहरुको पनि उपस्थिति रहेको थियो ।

प्रकाशित मिति: २२ जेष्ठ २०७७, बिहिबार

प्रतिक्रिया दिनुहोस्