रौतहटमा व्यवसाय सन्चालन गर्न आलोपालो प्रणाली, यस्तो बन्यो मापदण्ड




रौतहट, जेठ २२
रौतहटमा कोरोना भाइरसको संक्रमण फैलिन नदिन सर्तकता अपनाएर व्यापार व्यवसाय खोल्न दिइने भएको छ । 

जिल्ला प्रशासन कार्यालय रौतहटले बिहीवार सूचना जारी गर्दै जेठ २३ गते शुक्रवारबाट ३२ गतेसम्म तोकिएको समयमा व्यापार व्यवसाय खोल्न दिने निर्णय गरेको हो । 

प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेको अध्यक्षतामा जिल्ला सुरक्षा समितिको बैठक बसेको थियो । निर्णयअनुसार बैंक तथा वित्तीय संस्था र व्यापार व्यवसाय खोल्न दिइनेछ । 

बैंक तथा बितिय संस्था प्रत्येक दिन बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म र औषधी पसल २४ सै घण्टा खुला गरिइने छ ।

खाद्यन्न र किराना पसल र गैर खाद्यन्न पसलहरु एक/एक दिन बिराएर आलोपालो गरी बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म खोल्न दिने निर्णय भएको छ ।

रौतहट उद्योग वाणिज्य संघले व्यवसायीको संग्लनतामा एउटा ‘मापदण्ड कार्यान्वयन तथा अनुगमन टोली’ बनाई मापदण्ड कार्यान्वयनमा पहल गर्ने निर्णय भएको जिल्ला प्रशासन कार्यालय रौतहटले जानकारी दिएको छ । 

जिल्ला सुरक्षा निकायका प्रतिनिधिले अनुगमन गर्दा मापदण्डको पालना नभएको पाइएमा त्यस्ता सेवा तथा व्यवसाय बन्द गराई, संक्रमक रोग ऐन २०२० तथा प्रचलित कानून बमोजिम कारवाही गरिने समेत जानकारी दिएको छ । 

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News