आज शनिबार पनि बैंकहरू खुल्ला रहने




काठमाडौं, जेठ ३१
आज शनिबार भएपनि बैंकहरू खुल्ला रहने भएका छन् । 

नेपाल राष्ट्रबैंकको निर्देशन अनुसार बैंकहरु शनिबार पनि खुल्ला रहने भएका हुन् । राजश्व कारोबार गर्ने सम्बन्धीत शाखाहरुलाई खुल्ला गर्न राष्ट्रबैंकले हिजो निर्देशन दिएको थियो। 

कोरोना भाईरस रोकथाम तथा नियन्त्रणको लागि गत चैतदेखि भएको लकडाउनका कारण राजस्व संकलन हुन सकेको छैन । 

क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाहरुले जेठ ३२ गते भित्र सार्वजनिक विदा भएपनि राजश्व कारोबार गर्ने शाखा खुल्ला गर्नुपर्ने राष्ट्र बैंकको भनाइ छ । 

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News