२७३ जना संक्रमित थपिए
काठमाडौं, जेठ ३१
नेपालमा कोरोना संक्रमित थपिने क्रम जारी छ । पछिल्लो २४ घण्टामा २७३ जनामा कोरोना संक्रमण भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार संक्रमित मध्ये २४७ पुरुष २६ जना महिला छन्। ७२ जिल्लामा कोरोना देखिएको छ। थप २ जनाको मृत्यु भएको छ।
यो सँगै मृत्यु हुनेको संख्या १८ पुगेको छ। जम्मा कोरोना संक्रमितको संख्या ५ हजार ३ सय ३५ छ।
प्रकाशित मिति: ३१ जेष्ठ २०७७, शनिबार
















