‘प्रदेश १ लाई कोभिड-१९ बाट मुक्त बनाइन्छ’



विराटनगर, जेठ ३१
प्रदेश १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले प्रदेशलाई चाँडै कोभिड–१९ बाट मुक्त बनाइने बताएका छन्।

कोरोना सङ्क्रमण देखिएका उदयपुरको भुल्के, धनकुटा जिल्ला अस्पताल, दमक नगरपालिकामा नियन्त्रणमा आइसकेको बताउँदै पछिल्लो समय क्वारेन्टिनमा रहेकाहरुमा सङ्क्रमण देखिएकाले आत्तिनुपर्ने अवस्था नभएको मन्त्री घिमिरेले बताए।

‘अहिले ठूलो सङ्ख्यामा देखिएको सङ्क्रमण क्वारेन्टिनभित्रको हो र त्यहाँ सबै भारतबाट आएकाहरु रहेकाले समुदायस्तरमा कोरोना नफैलिएकाले चाँडै नियन्त्रणमा आउने छ,’ उनले भने।

स्थानीयस्तरमा निर्माण गरिएका क्वारेन्टाइन अव्यवस्थित हुँदा त्यसभित्र बढी सङ्क्रमण फैलिएको बताएका उनले अव्यवस्थित क्वारेन्टिनलाई व्यवस्थित गरिँदै लैजाने र पार्टीका नेता कार्यकर्ताहरुलाई कोरोना नियन्त्रणमा सक्रिय भएर लाग्न आग्रह गरे। अनलाइनमा संवादमा नेकपा नेताहरुले समुदायस्तरमा कोरोना नफैलिएको दाबी गरे।

प्रतिक्रिया दिनुहोस्

 

 

           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News