अब सरकारी खर्चमा निजी प्रयोगशालाले परीक्षण गर्ने


 


काठमाडौं, जेठ ३१

कोरोना संक्रमण दर बढ्दै जाँदा सरकारले निजी प्रयोगशालाहरुलाई पनि कोरोना संक्रमण परीक्षण गर्न दिने घोषणा गरेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पीसीआर टेस्टका लागि संकलन भएका नमुना आवश्यक प्रक्रिया पूरा गरी निजी प्रयोगशालालाई पनि जाँच्न दिइनेछ ।

प्रवक्ता डा जागेश्वर गौतमका अनुसार यसरी जाँच गर्दा लाग्ने खर्च सरकारले व्यहोर्नेछ ।

आइतबार नेपालमा थप ४ सय २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कुल संक्रमितको संख्या ५७६० पुगेको छ । हालसम्म ९ सय ७४ जना डिस्चार्ज भएका छन् । आइतबार ६ जना डिस्चार्ज भएका छन् ।

प्रकाशित मिति: ३२ जेष्ठ २०७७, आइतबार

प्रतिक्रिया दिनुहोस्