दुर्घटनामा एकको मृत्यु



चितवन, असोज १०

भरतपुर उपमहानगरपालिका–१० भरतपुर ओरालोमा आज दिउँसो बसले मोटरसाइकललाई ठक्कर दिँदा एकजनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार भरतपुरबाट नारायणगढतर्फ जाँदै गरेको ना३ख ९४३९ नंको बसले सोही दिसातर्फ जाँदै गरेको ना४१प ६३९७ नंको मोटरसाइकललाई ठक्कर दिँदा उक्त दुर्घटना भएको हो ।

दुर्घटनामा परी भरतपुर उपमहानगरपालिका वडा नं ४ का ३३ वर्षीय भरत महराको मृत्यु भएको प्रहरीले जनाएको छ । उक्त दुर्घटनामा परी सोही ठाउँका ३२ वर्षीय भीमलाल तामाङ घाइते हुनुभएको छ । उहाँको चितवन मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

ओरालो बाटोमा ब्रेक फेल भएपछि बस अनियन्त्रित भई अन्य मोटरसाइकललाई पनि ठक्कर दिँदा मोटरसाइकलमा सामान्य क्षति भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News