कुवेतबाट स्वदेश फर्किएकी महिलामा कोरोना पुष्टि



काठमाडौं, असार १
बिदेशबाट फर्कने व्यक्तिहरुमा कोरोना भाइरस संक्रमणको खतरा बढ्दै गएको छ। कुवेतबाट जेठ २९ गते स्वदेश फर्किएकी एक महिलामा कोरोना भाइरस संक्रमण पुष्टि भएसँगै जोखिम बढेको हो।

कुवेत सरकारले जहाज चार्टर्ड गरी पठाइदिएको १०२ नेपालीमध्ये ती महिलामा आइतबार कोरोना संक्रमण पुष्टि भएको हो ।

उनलाई जेठ २९ गते नै शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकु लगिएको थियो ।

उनको आईसीयूमा उपचार भइरहेको वताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2021 Deshko News