विमलेन्द्र निधिले मुद्दा फिर्ता लिनैलाग्दा देउवाले भने कुनैपनि हालतमा मुद्दा फिर्ता हुने छैन्


 


sher bahadur deuba

काठमाडौं, १० असोज । उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले टीकापुर घटनाका दोषीलाई आम माफी दिने तयारी गर्दा टीकापुर घटनाका पीडित परिवारले कांग्रेस सभापति शेरबहादुर देउवालाई भेटेर ध्यानाकर्षण गराएका छन् ।

देउवासँगको भेटमा टीकापुरमा मारिएका केशब बोहराकी श्रीमती शारदा बोहराले साँच्चिकै श्रीमानको हत्याराहरु छुट्न लागेका हुन् ? भन्ने प्रश्न गर्दा देउवाले कुनैपनि हालतमा टीकापुर घटनाका दोषीलाई उन्मुक्ति नदिने जवाफ दिएको स्रोतले बतायो ।

उक्त घटनाका दोषीलाई कुनैपनि हालतमा उन्मुक्ति नदिइने, गृहमन्त्रीले भनेर हुदैन, यो निर्णय आफूले हुनै नदिने भन्दै देउवाले शारदालाई केही दिन कुर्न आग्रह गरेका थिए ।

 

 

प्रकाशित मिति: १० आश्विन २०७३, सोमबार

प्रतिक्रिया दिनुहोस्