गायिका कोमल वलीले लाइन मिच्दा झगडा


 


komal-oli

काठमाडौं, असोज ११

आफ्नो कारमा पेट्रोल भर्न पुल्चोक पेट्रोल पम्पमा पुगेकी कोमल वलीले पेट्रोल भर्ने क्रममा लाइन मिचेर अगाडी गएपछि झगडाकाे स्थिति सिर्जना भएको होे । मंगलबार साढे १२ बजे पेट्रोल भर्न पुगेकी गायिका कोमल वलीले लाइन मिचेर अगाडी गएपछि पछाडी लाइनमा बसेका चाकुपाटका डाक्टर अमितमान जोशीले लाइन मिचेको भन्दै कारको साँचोले वलीको कार कोरेपछि वली र डाक्टरबीच विवाद चर्केको थियाे ।

विवाद साम्य नभएपछि उनीहरु दुबैलाई प्रहरीले जावलाखेल प्रहरी परिसरमा लगेकाे थियाे । पछि वली र डाक्टर जोशीका आफन्त बीच कोरेको कार बनाइदिने सहमति भएपछि प्रहरीले उन्मुक्ति गरेको स्रोतले बताएको छ ।

प्रकाशित मिति: ११ आश्विन २०७३, मंगलबार

प्रतिक्रिया दिनुहोस्