साङ्गीतिक यात्रामा निरन्तर थोमस


 


thomas-thulung-raiकाठमाडाैं, असाेज १२
नेपालको पूर्वी पहाड जिल्ला इलामको माइपोखरी–७, छाँगेमा जन्मिएका सुमधुर स्वरका धनी थोमस थुलुङ राई नेपाली गीत–सङ्गीतका क्षेत्रमा सुपरिचित नाम हो । सानैदेखि एउटा राम्रो गायक भन्ने सपनाहरू सँगालेर साङ्गीतिक क्षेत्रमा हेलिएका थोमसको पछिल्लो परिचय गायकसँगसँगै साउण्ड इन्जिनियरिङ रुपमा पनि जमेको पाइन्छ ।

ग्रेस नामक रेकर्डिङ स्टुडियो खोलेर विगत ७ वर्षअघिदेखि रेकर्डिष्टको रुपमा साङ्गीतिक क्षेत्रको सेवा गरिरहेका उनी म्युजिक ऐरेन्जर पनि हुन् । गायकका रुपमा उनले अहिलेसम्म ३५ भन्दा बढी गीतमा स्वर दिएका छन् भने अन्य कलाकारहरूका ३५ सय बढी गीतको रेकर्डिङ गरिदिएका छन् ।

२०६७ सालमा रेडियो नेपालबाट आधुनिक गीत गायनमा स्वर परीक्षा उतीर्ण गरेका उनले ०६० साल वैशाख १ गते इलाम महोत्सवका अवसरमा कविवर माधवप्रसाद घिमिरेको हातबाट आफ्नो पहिलो एल्बम ‘इलाम चारखोला’ विमोचन गरेका थिए । उक्त क्षणलाई आफ्नो जीवनको सबैभन्दा अविष्मणीय क्षण भएको बताउँछन् उनी ।

thomas-2थोमसले ‘सहयात्रा’, ‘संयोग’, ‘अभ्यास’, ‘माई फिलङ्स’का साथै ‘संयोग’ भाग–१ र २ (गायिका रुष्मा राईसँग संयुक्त गायन)मा उनको सुमधुर स्वर समेटिएका छन् । अन्य थुप्रै फुटकर गीत उनले गाएका छन्् ।

एक दशकदेखि नेपाली गीत–सङ्गीतमा निरन्तर लागिपरेका थोमस ललितकला क्याम्पसका सङ्गीत विषयका अब्बल विद्यार्थी हुन् । साउण्ड इन्जिनियरिङ र गायनलाई सँगसँगै अघि बढाएका उनी भन्छन्, ‘चाँडै नै स्रोता÷दर्शकमाझ नयाँ एल्बम ल्याउन लागेको छु ।’

प्रकाशित मिति: १२ आश्विन २०७३, बुधबार

प्रतिक्रिया दिनुहोस्