वडाध्यक्षले महिलालाई अंगालो हाल्दै ‘किस’ मागेपछि…




महेन्द्रनगर, असार १९
कञ्चनपुरको भीमदत्त नगरपालिकाका एक वडाध्यक्षले महिलामाथि दुर्व्यवहार गरेका छन् । नगरपालिकाको वडा नम्बर–९ का वडाध्यक्ष राम नाथले सोही वडाको ब्रह्मदेवमा पसल व्यवसाय गर्दै आएकी एक महिलामाथि दुव्र्यवहारको प्रयास गरेका हुन् ।

बिहीवार दिउसोदेखि पीडित महिलाकै पसलमा मदिरा सेवन गरिरहेका वडाध्यक्षले राती सवा ८ बजे उनी माथि दुव्र्यवहारको प्रयास गरेको इलाका प्रहरी कार्यालय ब्रह्मदेवले जनाएको छ ।

मदिरा सेवनपछि वडाध्यक्षले अंगालो हाल्दै ‘किस’ मागेको स्थानीयको आरोप छ । वडाध्यक्ष र महिलालाई सोधपुछका लागि ईप्रका ब्रह्मदेवमा नै राखिएको छ ।

स्थानीयले उक्त महिलामाथि वडाध्यक्ष जस्तो जिम्मेवार व्यक्तिले नै दुव्र्यवहारको प्रयास गरेको भन्दै इलाका प्रहरी कार्यालय ब्रह्मदेवलाई घेराउ गरेका छन् । साथै इप्रका माथि ढुंगामुढा समेत प्रहार भइरहेको प्रहरीले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्
सामजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2020 Deshko News