चीनमा साहित्यिक तथा सामाजिक सिल्करोड सम्बन्धी सम्मेलन


 


china-1काठमाडौँ, असाेज १६

चिनियाँ लेखक संघको आयोजनामा चीनको कुङमिङमा हालै एक अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न भएको छ । ‘नयाँ साहित्यिक तथा सामाजिक सिल्क रोड’ विषयक उक्त सम्मेलनमा चीनका प्रान्तीय लेखक संघका साथै दक्षिण एसियाली मुलुकहरू नेपाल तथा पाकिस्तानको ओजपूर्ण सहभागिता रहेको थियो ।

सम्मेलनमा नेपाल प्रज्ञा–प्रतिष्ठानका सदस्यसचिव प्रा.डा. जीवेन्द्र देव गिरीको नेतृत्वमा प्रा.डा. गोविन्दराज भट्टराई र प्रा.डा. प्रेम खत्री सम्मिलित तीन सदस्यीय प्रतिनिधि मण्डलको सहभागिता रहेको थियो । नेपालबाट साहित्यिक नयाँ सिल्क रोड विषयमा डा. गिरी र डा. भट्टराईले कार्यपत्र प्रस्तुत गरेका थिए डा. खत्रीले सामाजिक विषयमा लेखिएको कार्यपत्र प्रस्तुत गरेका थिए ।

सम्मेलनमा नेपालका तर्फबाट प्रस्तुत कार्यपत्रहरुलाई उत्कृष्ट मानिएको थियो । पाकिस्तानी र चिनियाँ विद्वानहरूले सामाजिक विकास र साहित्यका बारेमा पत्र प्रस्तुत गरेका थिए । सम्मेलन अत्यन्त ऐतिहासिक र उपलब्धिमूलक रहेको चीनबाट फर्केर डा. गिरीले बताए ।

प्रकाशित मिति: १६ आश्विन २०७३, आइतबार

प्रतिक्रिया दिनुहोस्