हङकङमा नेपालीबीच झडप, प्रहरीले गोली चलाउँदा २ घाइते


 


hongkong-fight-768x431काठमाडौं, असोज १६

हङकङको जोर्डनमा बस्ने नेपालीहरुबीच आइतबार बिहान झडप भएको छ । स्थिति तनावग्रस्त भएपछि प्रहरीले गोली चलाएको छ । गोली लागेर दुई जना घाइते भएका छन् ।

घाइतेहरुलाई उपचारका लागि क्वीन एलिजावेथ अस्पतालमा भर्ना गरिएको छ । घाइतेहरुको परिचय भने खुलाइएको छैन । घटनाको कारण खुलेको छैन र विस्तृत विवरण आउन पनि बाँकी छ ।

प्रकाशित मिति: १६ आश्विन २०७३, आइतबार

प्रतिक्रिया दिनुहोस्