चीनमा साहित्यिक रेसम मार्ग सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन


 


chinaकाठमाडौँ, असाेज १६

चिनियाँ लेखक संघको आयोजनामा चीनको येनान प्रान्तको कुङमिङमा गत सेप्टेम्बर १८ देखि २२ सम्म एक अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न भएको छ ।  ‘न्यु सिल्क रोड अफ लिटरेचर ः कल्चरल टे«डिसन एण्ड सोसल डेभलपमेन्ट’ विषयक उक्त सम्मेलनमा चिनियाँ लेखक संघका अलावा त्यहाँका ६ वटा प्रान्तीय लेखक संघका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।

दक्षिण एसियाली मुलुकहरूबाट नेपाल र पाकिस्तानको सहभागिता थियो । नेपाल प्रज्ञा–प्रतिष्ठानका सदस्य सचिव प्रा.डा. जीवेन्द्र देव गिरीको नेतृत्वमा प्रा.डा. प्रेम खत्री र प्रा.डा. गोविन्दराज भट्टराई सम्मिलित तीन सदस्यीय प्रतिनिधि मण्डलले नेपालको नेतृत्व गरेको थियो ।

china-2उक्त सम्मेलनमा सहभागी नेपालका तिनै जना विद्वानहरूले ‘न्यु सिल्क रोड अफ लिटरेचर’ विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए । चिनियाँ तथा पाकिस्तानी विद्वानहरूले पनि सोही विषयमा आआफ्ना कार्यपत्र प्रस्तुत गरेका थिए । सम्मेलन अत्यन्त ऐतिहासिक र उपलब्धिमूलक रहेको चीनबाट फर्केर प्रज्ञा–प्रतिष्ठानका सदस्य सचिव डा. गिरीले बताए ।

प्रकाशित मिति: १६ आश्विन २०७३, आइतबार

प्रतिक्रिया दिनुहोस्