भारतले पब्जीसहित २१८ एप्सलाई लगायो प्रतिबन्ध


 



काठमाडौं, भदौ १८
भारतले बब्जीसहित थप एक सय १८ एप्सलाई प्रतिबन्ध लगाएको छ ।

चीनमा विकसित पब्जीसहित ११८ मोबाइल एप्सले भारतको सम्प्रभुता, अखण्डता, देशको रक्षा र लोक व्यवस्थाविरुद्धका गतिविधि गरेको त्यहाँको इलेक्ट्रोनिक्स र इन्फर्मेशन टेक्नोलजी मन्त्रालयलयले जनाएको छ । तीमध्ये पब्जी भारतमा सर्वाधिक रुचाइएको एप्स हो ।

भारत सरकारलाई यी एप्सका बारेमा विभिन्न गुनासा आइरहेका र एप्सबाट प्रयोगकर्ताका डाटा अनाधिकृत रुपमा चोरी गरेर भारतबाहिर रहेका सर्भरमा पठाइरहेकाले प्रतिबन्ध लगाइएको हो ।

सीमा क्षेत्र लद्दाखमा चीनसँग तनाव सिर्जना भएलगत्तै भारतले  चीनमा बनेका मोबाइल एप्सहरुमा प्रतिबन्ध लगाएको हो ।

यसअघि भारतले जुन महिनामा पनि टिकटकसहितका ५९ चिनियाँ एप्समा प्रतिबन्ध लगाएको थियो ।

प्रकाशित मिति: १८ भाद्र २०७७, बिहिबार

प्रतिक्रिया दिनुहोस्