एलजीले ल्याउँदैछ अनौठो ल्यापटप, यस्ता छन् विशेषता


 



काठमाडौं
एलजी कम्पनीले एउटा अनौठो ल्यापटप ल्याउने तयारी गरेको छ । हालै आएका खबरहरु अनुसार एलजीले रोलेबल अर्थात स्क्रिन सानो ठूलो बनाउन सकिने ल्यापटपका लागि पेटेन्ट दर्ता गराएको छ ।

जसको स्क्रिन साइज १७ इन्चको रहेको छ । तर यसलाई रोल अर्थात बेरेर १३।३ इन्चको बनाउन सकिन्छ । यतिसम्म कि एलजीको यो अपकमिङ रोलेबल ल्यापटपको किबोर्ड समेत बेर्न सकिनेछ अर्थात यसलाई पनि सानो ठूलो पार्न सकिनेछ ।

एलजी पछिल्लो समय रोलेबल डिस्प्ले भएको ल्यापटप, टेलिभिजन तथा स्मार्टफोनको विकास गर्ने कोसिसमा जुटेको छ । कम्पनीले केही अघि मात्र दक्षिण कोरियाबाट आफ्नो रोलेबल टेलिभिजन बिक्री सुरु गरेको छ ।

जसको मूल्य निकै महंगो रहेको छ । त्यसो त एलजीले यस अघि नै फोल्डेबल स्मार्टफोन समेत सार्वजनिक गरिसकेको छ र कम्पनी अहिले फोल्डेबल ल्यापटपमा समेत काम गरिरहेको छ ।

प्रकाशित मिति: ७ मंसिर २०७७, आइतबार

प्रतिक्रिया दिनुहोस्