म कुर्सी


 


bikki-thapa

विक्कि थापा

कति आए, कति बसे, कति गए
कति बस्न खोज्दैछ,कति बस्नु चाहेर
पनि बस्नु सकेको छैन

मैले कतिलाइ राजा बनाए
कतिलाइ बाजा बनाए

मैले कतिलाइ हिरो बनाए
कतिलाइ जिरो बनाए
मैले कतिलाइ इमान्दार बनाए
कतिलाइ गद्दार पनि बनाए
किन कि म कुर्सी हु
म जे पनि गर्न सक्छु
म अहिले जात जातको
कुर्सी भएको छु
मेरो खुट्टा मुनि राई चेप्टी रहेछ
छेत्री झुन्डी रहेछ
सुब्बा कराई रहेछ
तामङ चिच्चाइ रहेछ
इनिहरुलाइ कस्ले बचाउने
किनकी मेरो माथी लटरम्मै
पैसा खनाइ रहेछ
मेरो खुट्टा मुनि
खवासले आफ्नो झन्डा बोकि
गिद्दले सिनो रुङे झै रुङी रहेछ
मेरो खुट्टाइ मुनि
गुरुङ्ले आफ्नो झन्डा बोकि
बिरालोले मुसा ढुके झै
ढुकी रहेछ
तर,,,, मेरो माथि
खवासकै झन्डा बोकि
कसैले ठूलो खेल खेली रहेछ
मेरो माथी गुरुङकै झन्डा बोकि
आफ्नो जातलाइ बेची रहेछ

किनकी म कुर्सी हु
म जे पनि गर्न सक्छु
मेरो खुट्टा मुनि
धेरैको सपना लुकेको रहेछ
कसैको घर बनाउने सपना त
कसैलाइ आफ्नो रहर सजाउने सपना
यहाँ त
मैले बस भन्दा बस्नु पर्छ
उठ भन्दा उठ्नु पर्छ
घर त म बनाइ दिन्छु
कतिको रहर पनि सजाइ दिन्छु
तर तिमिहरुबाट पनि
केही न केही त लिन्छै लिन्छु
किनकी म कुर्सी हु
म जे पनि गर्न सक्छु
मेरो माथी
जात टुक्राउने सैतान बसेको छ
कसैले उसलाई मेडम भन्छ
कसैले उसलाइ दिदी भन्छ
कसैले उसलाई डोल्मा भन्छ त
कसैले उसलाई नाना भन्छ
एक दिन यस्तो समय आउँछ
इ सबै जातहरुले पनि उसलाई सैतान नै ठान्छ

किनकी म कुर्सी हु
म जे पनि गर्न सक्छु

प्रकाशित मिति: २८ आश्विन २०७३, शुक्रबार

प्रतिक्रिया दिनुहोस्