Deshko News
८ आश्विन २०८०, सोमबार

प्रधानमन्त्री दाहालद्धारा ब्रिक्स र बिमेस्टेमा सम्बोधन



brics

काठमाडौं, असोज ३०

भारतको गोवामा चलिरहेकोे ब्रिक्स र बिमेस्टेक देशहरुको संयुक्त बैठकलाई प्रधानमन्त्री पुष्पकमल दाहालले सम्बोधन गरेका छन् ।
प्रधानमन्त्री दाहालले बिमेस्टेक देशहरुको संस्कृति, इतिहास र भूगोलमा समानता रहेको भन्दै बिमेस्टेक देशहरुको एकतामा जोड दिएका छन् ।
सम्बोधनमा प्रधानमन्त्री दाहालले बिमेस्टेक देशहरुबीचको कनेक्टिभिटीलाई नेपालले मुख्य प्राथमिकतामा राखेको बताउँदै उर्जा र जलविद्युत लगायत विकासका क्षेत्रमा मिलेर काम गर्न प्रस्ताव गरेका उनको निजी सचिवालयले जनाएको छ ।

त्यस्तै प्रधानमन्त्री दाहालले आतंकवाद र अतिवादी बिमेस्टेक देशहरुका साझा चुनौती भएकाले आपसमा मिलेर सामना गर्नुपर्नेमा जोड दिए ।
ब्रिक्स सम्मेलनका क्रममा बिमेस्टेक देशका प्रमुखहरुलाई गोवामा बोलाइएको थियो ।

प्रकाशित मिति: ३० आश्विन २०७३, आइतबार

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News