Deshko News
९ आश्विन २०८०, मंगलबार

सत्तारूढ दलबाटै प्रचण्डकाे अालाेचना, रामशरणले मुख खाेले



ram_sharan_mahatकाठमाडाैं, असाेज ३०

नेपाली कांग्रेसका नेता डाक्टर रामशरण महतले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले काम भन्दा बढी भाषण गरेको बताएका छन् । रिपोटर्स क्लवले काठमाडौंमा गरेको साक्षात्कारमा सरकारकै घटक नेता महतले प्रधानमन्त्रीको आलोचना गरे । उनले भने,‘भाषणवाजी बढी भयो, कामतिर जोड भएन, परियोजनाबारे कुनै गम्भिरता देखिएन ।’

उनले कुरा गरेर आकांक्षा बढाउने कुरा एउटा भएपनि काम गरेर देखाउन प्रचण्डलाई चूनौति दिए । उनले भुकम्पपीडित अहिलेपनि दुःखको मारमा रहेको गुनासो पोखे ।

महतले भने,‘प्रचण्डजी भंग भंग बोलिदिनुहुन्छ, जबकी यो सरकारमा हाम्रो पार्टी पनि मेजर होल्डर हो नि, तर कतिपय दलीय सहमति जुटाएर बोल्नुपर्ने विषयमा उहाँ त्यतिकै हचुवामा बोल्नुहुन्छ ।’ उनले प्रचण्डलाई ठोस प्रोजेक्ट र जनताको सेवा प्रवाहमा ध्यान दिन सुझाव दिए ।

प्रकाशित मिति: ३० आश्विन २०७३, आइतबार

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News