गीत – यथार्थमा मैले


 


janu-1

– जानू काम्बाङ लिङ्देन

यथार्थमा मैले जीवन, खोई कसरी बुझेको छु
कल्पनामा भन्दा धेरै म, यथार्थमा रोएको छु ।

कहिले लाग्छ जीवन मलाई, मरुभूमिजस्तो
कहिले लाग्छ जीवन मलाई, हराभराजस्तो
यथार्थमा मैले जीवन खोई कसरी बुझेको छु
कल्पनामा भन्दा धेरै म, यथार्थमा रोएको छु ।

कहिलेकाहीँँ अनायासै हावाहुरी चलिदिन्छ
आँखाबाट भेलसरी आँसु धारा बगिदिन्छ
यथार्थमा मैले जीवन खोई कसरी बुझेको छु
कल्पनामा भन्दा धेरै म, यथार्थमा रोएको छु ।

ताप्लेजुङ
हाल : युके

प्रकाशित मिति: १ कार्तिक २०७३, सोमबार

प्रतिक्रिया दिनुहोस्