Deshko News
९ आश्विन २०८०, मंगलबार

दाहाल छिट्टै ‘देशद्रोही’ सावित हुने बिजुक्छेको भनाई



narayan-man-bijukche-2काठमाण्डौ,कार्तिक १

नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले प्रधानमन्त्री पुष्पकमल दाहाल छिट्टै ‘देशद्रोही’ सावित हुने दाबी गरेका छन् ।

रफत सन्चार क्लबले सोमबार भक्तपुरमा गरेको कार्यक्रममा नेमकिपाका अध्यक्ष बिजुक्छेले प्रधानमन्त्री दाहालले मुलुकका लागि राम्रो काम गर्न नसकेको आरोप लगाए ।

उनले दाहाललाई नेपाली कांग्रेसले उपयोग गर्दै आएको र विगतका गल्ती सुधार गर्ने योजनामा रहेको दाबी पनि गरे ।केही महिनाभित्रै सत्ताको नयाँ समीकरण देखिने उनको भनाइ थियो ।

अध्यक्ष बिजुक्छेले तोकिएको समयमा निवार्चन गर्न सरकार नै प्रतिबद्ध नभएको आरोप पनि लगाए ।निर्वाचन आयोगले पनि सरकारले नै सहयोग नगरेको गुनासो गरिरहेको भन्दै उनले निर्धारि समयमा निर्वाचन नहुने दाबीसमेत गरे ।

प्रकाशित मिति: १ कार्तिक २०७३, सोमबार

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News