गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलः विदेशी विज्ञ टोली नआउँदा काम प्रभावित



काठमाडौँ, माघ २६
भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा जडान गर्नुपर्ने उपकरणको काम प्रभावित भएको छ ।

उपकरण जडानका लागि समयमा विदेशी विज्ञसहितको टोली नेपाल आइनपुग्दा उक्त काम प्रभावित भएको हो ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार कोभिड १९ का कारण चीन, थाइल्याण्ड, अमेरिका, अष्ट्रिया, युकेलगायत मुलुकबाट विज्ञसहितको टोली आइनपुग्दा उपकरण जडानसम्बन्धी काम अलपत्र परेको हो ।

यो जडान गत अक्टुबर महिनामै सम्पन्न गर्नुपर्ने पूर्वनिर्धारित तालिका थियो । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा सुनिता कार्कीले लेखेकी छिन् ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2021 Deshko News