वैदेशिक रोजगारीमा जानेका लागि एनसेलले ल्यायो ‘सहयात्री सिम’


 



काठमाडौं, फागुन १६
वैदेशिक रोजगारीमा जाने योजनामा रहेका नेपाली र उनीहरुका परिवारका एनसेल आजियाटाले विशेष योजना ल्याएको छ ।

एनसेलले उनीहरूका लागि विशेष योजना ‘सहयात्री सिम’ ल्याएको हो । स्टार्टर प्याकमा बन्डल सेवा, आकर्षक बोनस सुविधा र निःशुल्क रोमिङ सेवा यो सिमको मुख्य विशेषता हुन् ।

यो सिम योजना फागुन १४ गतेबाट सञ्चालनमा आएको छ । एनसेलले आफ्नो नयाँ अभियान ‘फास्ट फरवार्ड लाइफ’ अन्तर्गत यो योजना ल्याएको हो । यो अभियानले भविष्यको पुनः कल्पना गर्दै डिजिटल पावरका साथ छिटो अगाडि बढ्न अभिप्रेरित गरेको छ ।

यस सिममा समेटिएका सबै अफर तथा सुविधा विदेश जाने सोच बनाएका व्यक्तिको यात्रालाई सहज बनाउने र विदेशमा रहेका परिवारका सदस्यसँग सहजै सम्पर्कमा रहिरहन मद्दत गर्ने किसिमका छन् ।

यो सिम ग्राहकले करसहित ९९ रुपियाँमा लिन सक्छन् र सिमसँगै २० रुपियाँ मेन ब्यालेन्स, सात दिनको लागि मान्य हुने २०० एमबी डेटा, २० मिनेट अन नेट टक लाइम र २० वटा अन नेट एसएमएस पाइन्छ ।

यस सिममा पहिलो रिचार्जमा बोनस, एक वर्षसम्म प्रत्येक रिचार्जमा १० प्रतिशत बोनस, नेपाल कल गर्न वा आफू रहेको देशभित्रै कल गर्न १५ मिनेट रोमिङ् सेवा जस्ता विशेष सुविधाहरु रहेका छन् ।

यसरी प्राप्त हुने १५ मिनेटको रोमिङ सेवा ग्राहकले भारत, कतार, युएई, मलेसिया, कुवेत, ओमान र दक्षिण कोरियामा प्रयोग गर्न सक्छन् ।

यो सिम अर्थात योजनाअन्तर्गत ग्राहकले निःशुल्क रुपमा ‘कल आयो पैसा पायो’ अफरमा सहभागी हुन सक्छन् । यसमा मेन ब्यालेन्स कमरहेको अवस्थामा पनि मिस्ड कल दिन सकिने सुविधा रहेको छ ।

साथै कुनै पनि भारतीय नम्बरमा लोकल कलको दर कर बाहेक १ दशमलव ९९ रुपियाँ प्रतिमिनेटमा कल गर्न सकिने सुविधा रहेको छ । यो सिम सुचारु गरेको दोस्रो दिनको मध्यरात सम्ममा गरेको १ सय रुपियाँभन्दा माथिको पहिलो रिचार्जमा ग्राहकले बोनस टक टाइम र डेटा प्राप्त गर्दछन् ।

जस्तै कुनै ग्राहकले सय रुपियाँको पहिलो रिचार्ज गरेमा उसले सय मिनेट एनसेल नेटवर्कभित्र कल गर्न सकिने बोनस टक टाइम र सात दिनको समयसिमा रहेको सय रुपियाँ एमबी डेटा प्राप्त गर्दछ । ग्राहकले प्रत्येक रिचार्जमा १२ महिनासम्म प्राप्त गर्ने १० प्रतिशत बोनसबाट पेएजयूगो अन्तर्गत सेवा प्रयोग गर्न सक्छन् । बोनस प्रयोग गर्ने समयावधि सात दिन रहेको छ ।

यो सिमबाट ग्राहकले आफ्नो मेन ब्यालेन्स कम भएको अवस्थामापनिमलेशिया, कतार, यूएई, साउदी अरब, भारत, जापान, दक्षिण कोरिया वा बहराइनमा रहेका आफ्ना परिवारका सदस्यको नम्बरमा मिस्ड कलदिन सक्नेछन् ।

यो सिम सुचारु गर्ने ग्राहकले ‘कल आयो पैसा पायो’ योजनामा निःशुल्क सहभागी हुँदै हरेक अन्तर्राष्ट्रिय आगमन कलमा बोनस प्राप्त गर्न सक्नेछन् ।

प्रकाशित मिति: १६ फाल्गुन २०७७, आइतबार

प्रतिक्रिया दिनुहोस्