चीनलाई भारतको चेतावनी- चुप बस्दैनौं, बन्दुकनै देखाउँछौं


 



काठमाडौं, चैत ३
भारतीय विदेशमन्त्री एस जयशंकरले भारत चुप नबस्ने भन्दै चीनलाई चेतावनी दिएका छन् ।

भारतले चीनसँग सुमधुर सम्बन्ध चाहेको बताउँदै त्यसका लागि जिम्मेवार नभए आफूहरू चुप नलाग्ने चेतावनी दिएका छन्।

चेन्नईमा आयोजित इन्डिया–टुडे कन्क्लेभमा जयशंकरले ‘चीनले आफूहरूलाई बन्दुक देखाए जवाफमा भारतले पनि बन्दुक नै देखाउने’ बताएका हुन्।

इन्डिया–टुडेका पत्रकार राहुल कवलसँगको अन्तर्वार्तामा उनले विश्वशक्तिका रूपमा उदाउँदै गरेको भारतका लागि आगामी दिनहरू चुनौतीपूर्ण रहेको र त्यस्ता चुनौती सामना गर्न वर्तमान राजनीतिक नेतृत्व सक्षम रहेको दाबी गरे। कान्तिपुरमा खबर छ ।

प्रकाशित मिति: ३ चैत्र २०७७, मंगलबार

प्रतिक्रिया दिनुहोस्