अमेरिकी संसद भवनमा आक्रमण, एक प्रहरी मारिए


 



एजेन्सी
अमेरिकाको राजधानी वासिङटनस्थित अमेरिकी संसद भवनको कम्प्लेक्समा आक्रमण भएको छ ।

आक्रमणमा एक प्रहरी अधिकारी मारिएका छन् । अन्य एक अधिकारी घाइते भएका छन् । घाइतेको अस्पतालमा उपचार जारी छ ।

के हो घटना ?
प्रहरीका अनुसार एक गाडीले त्यहाँको सुरक्षा पर्खालमा टक्कर थियो । त्यही गाडीका चालकले त्यहाँका सुरक्षाकर्मीलाई चक्कु प्रहार गरेर मारिदिएका हुन् । 

प्रहरीले ती हमलाकारीमाथि गोली चलाएपछि उनको पनि घटनास्थलमा नै मृत्यु भएको बताइएको छ ।

आक्रमणकारी २५ वर्षका नोआह ग्रीन भएको प्रहरीले जनाएको छ । प्रहरीले यो घटनाको आतंकवादसँग कुनै सम्बन्ध नभएको जनाएको छ ।

प्रकाशित मिति: २१ चैत्र २०७७, शनिबार

प्रतिक्रिया दिनुहोस्