निषेधाज्ञाभर इन्टरनेट सेवा काट्न नपाइने


 



काठमाडौं, वैशाख २२
नेपाल दूरसञ्चार प्राधिकरणले कोरोना महामारीको अवस्थामा उपभोक्ताको इन्टरनेट लाइन नकाट्न सम्पूर्ण सेवा प्रदायकलाई अनुरोध गरेको छ ।

केही सेवा प्रदायकले समयमै महसुल नतिरेको भनेर लाइन काटेको गुनासो आएको भन्दै घरभित्रै सीमित भएका उपभोक्तालाई विद्युतीय माध्यमबाट भुक्तानीको व्यवस्था मिलाउन र त्यो पनि हुन नसकेकेमा विषेधाज्ञाभरी लाइन नकाट्न सेवा प्रदायकलाई अनुरोध गरेको हो ।

उपभोक्ता घर भित्रै सिमित भएको हुदा दूरसञ्चार तथा इन्टरनेट जस्तो अत्यावश्यक सेवा सूचारु राख्नु पर्नेमा केही सेवा प्रदायकहरुले समयमा महसुल भुक्तानी नगरेको कारण सेवा अवरुद्ध गरेको गुनासो आएको प्राधिकरणले जनाएको छ । अहिले निषेधाज्ञामा सम्पुर्ण उपभोक्ता घरभित्र थुनिदा इन्टरनेट खपत बढेको छ ।

सम्भवसम्म विद्युतीय माध्यमबाट महसुल भुक्तानी लिने व्यवस्था गर्न र सर्भिस सेन्टदरमार्फत सेवाग्राहीको भिडभाड नहुने तथा भौतिक दूरी कायम हुनेगरी महशुल भुक्तानी लिने व्यवस्था मिलाउन उसले आग्रह गरेको छ ।

प्रकाशित मिति: २२ बैशाख २०७८, बुधबार

प्रतिक्रिया दिनुहोस्